तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा शहिद कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता शुरु 

जनकपुरधाम । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा आज देखि जनकपुरधाम सहिद कप अन्तरप्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता २०८१ शुरु भएको छ । 

शहिद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घको सहयोगमा शुरु भएको प्रतियोगिता जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भइरहेको छ । प्रतियोगितामा आयोजक जनकपुरसहित आठ टिमको सहभागिता रहेको छ । 

प्रदेश सरकारले शहिदहरुको सम्मानका लागि चौथो पटक शुरु भएको गरेको शहिद कप वैशाख २० गते अर्थात् आज देखि शुरु भएर वैशाख २८ गतेसम्म चल्ने शहिद कप क्रिकेट कमिटीका अध्यक्ष रुपेश सिंहले जानकारी दिनु भएको छ । 

शहिद कपको उद्घाटन गर्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले गर्दै मधेश प्रदेश सरकारले शहिदहरुको सम्मानका लागि प्रतियोगिताको आयोजना गरेको छ । उहाँले क्रिकेट खेलको विकासका लागि जनकपुरधाममा शुरु भएको शहिद कपले ठूलो मद्दत पुग्ने बताउनु भयो । 

प्रतिनिधि सभाका सदस्य मनिष झाले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि संघीय खेलकुद मन्त्रालयले आगामी वर्षमा बजेट विनियोजन गर्न लागेको बताउँदै शहिद कपका लागि बजेट खेलकुद परिषद्ले व्यवस्थापन गर्ने बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले रामजानकी रंगशालाको निर्माण संघ सरकारले नै गर्नु पर्ने धारणा राख्दै यसमा स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । 

शहिद कप क्रिकेट कमिटीका अध्यक्ष रुपेश सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा कमिटीका सल्लाहकार कृष्णा सिंह सहितका वक्ताहरूले बोल्नु भएको थियो । प्रतियोगितामा विजयी हुने टिमलाई २ लाख ११ हजार नगद, कप, मेडल, प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ११ हजार नगद, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने भएको छ । 

सोही कार्यक्रममा मधेश आन्दोलनको क्रममा शहादत दिएका धनुषाका नितु यादव, दिलीप यादव तथा संजय चौधरीका परिवारलाई दोसल्ला ओढाएर मन्त्री साहले सम्मान गर्नु भएको थियो । आजको उद्घाटन खेल कोशी तथा मधेश प्रदेशका बीचमा जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button