तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य तोलामा दुई हजारले वृद्धि

File Photo

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button