तपाईँ सुन्दै हुनुहुन्छः

कतारी अमिर  र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु

काठमाडौँ ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ  ।

काठमाडौँ स्थित होटेल सोल्टीमा भइरहेको भेटवार्तामा कतारका अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्वि देशीय प्रतिनिधिमण्डलले  नेपाल–कतार सम्बन्धका विविध पक्षमा छलफल गर्नुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा विमर्ष गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।  

 नेपाल र कतार बीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ यस्तै दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी समझदारीपत्रमा  हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button