राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गर्न पूर्वाधार विकास समितिको टोली बाँकेमा

बाँके । लुम्बिनी र कर्णाली क्षेत्रमा निर्माण भइरहेका राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गर्न पूर्वाधार विकास समितिको टोली आज आइतबार नेपालगन्ज आइपुगेको छ ।
प्रतिनिधि समिति सदस्य नैन बहादुर शाहीको संयोजकत्वमा ४ सदस्य पूर्वाधार विकास समितिको टोली बाँकेको हुलाकी क्षेत्रमा निमार्ण भई रहेको सिक्दा सिचाई आयोजना लगायत क्षेत्रको अनुगमन गरेर आजै दाङ र सल्यान पुगेर केही महत्वपूर्ण आयोजनाहरूको अनुगमन गर्ने कार्यक्रम रहेको संघीय सांसद एवं समितिका सदस्य उर्मिला माझीले बताउनु भयो ।
समितिका संयोजक शाहीले भन्नुभयो, लुम्बिनीको बाँके र दाङ, कर्णालीको सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, र हुम्लामा भौतिक पूर्वाधार मन्त्रालय, खाने पानी मन्त्रालय र ऊर्जा मन्त्रालयद्वारा सञ्चालित सडक तथा ढल, सिँचाइ, खानेपानी, बहुउद्देश्यीय भवन,चौतारा लगायत राष्ट्रिय गौरवका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।
समितिका संयोजक शाहीले योजना निर्माणमा गुणस्तरीय कार्य र तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने तथा स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुने गरेको बताउँदै विकास निर्माणका काममा स्थानीय तहले पनि चासो दिनुपर्ने जिकिर गर्नु भएको थियो ।
समितिका सदस्य एवं पूर्व मन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि बाजुराको लैफु हुँदै हुम्लाका सलीसल्लासम्म स्थलगत रुपमा सडक लगायत आयोजनाहरूको अबस्थाका बारेमा अनुगमन गर्ने बताउनु भयो ।
समितिका सदस्य मैना कार्कीले जाजरकोटको भूकम्प प्रभावित रिम्ना लगायत क्षेत्रको अनुगमन गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, कर्णालीको हुमला हरीडोरको अनुगमन गरी बाँके फर्किएर थप केही महत्वपूर्ण आयोजनाहरूको अनुगमन गर्ने कार्यतालिका रहेको जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्