तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

उहाँले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैर संवैधानिक भएको जिकिर गर्नुहुँदै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गर्नुभएको छ ।

चौधरीले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गर्नुभएको छ । 

उक्त रिटको पेसी सोमबारका लागि तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button