भोजपुर गोल्डकप : त्रिभुवन आर्मीले हरायो भारतको जर्जियनलाई

भोजपुर । भोजपुरमा सुरु गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, काठमाडौँले भारतको जर्जियन फुटबल क्लब, कालिमपोङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सेमिफाइनलको चरण प्रवेश गरेको छ ।
आज भएको उद्घाटन पछिको पहिलो खेलमा शून्यको विरुद्ध चार गोल गर्दे त्रिभुवन आर्मीले विजयी सुरुवात थालेको हो ।
भोजपुर सदरमुकामको कोदार रङ्गशालामा आइतबारबाट सुरु प्रतियोगितामा भारतको टीमबाट कुनै पनि गोल हुन सकेन । त्रिभुवन आर्मीका लागि जर्सी नम्बर ३५ का वसन्त जिम्वाले एक गोल, जर्सी नम्बर ६ का सुरज बस्नेत ले एक गोल, जर्सी नम्बर १३ का पदम तामाङले एक गोल गरेका थिए भने भारतको तर्फबाट एक गोल आत्मघाती भएको थियो ।
त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर ३५ का वसन्त जिम्वा प्रतियोगिताको म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरे ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा ४९ लाख २५ हजार पाँच सय बरावरको अनुमानित लागतमा सञ्चालन भएको प्रतियोगितामा भारतको एक टिमसहित आठ टिमको सहभागिता रहेको छ ।
वैशाख १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाएका छन् उने छन् ।
प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम सङ्कलन गरिने आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले जानकारी दिनुभयो । अहिलेसम्म करिब ११ लाख रकम सङ्कलन भइसकेको छ भने अन्य रकम पनि सङ्कलन गरिने छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आलेले गर्नुभएको
थियो ।








प्रतिक्रिया राख्नुहोस्