बुढीगण्डकीमा पानीको बहाव सामान्य बढेकाले सतर्कता अपनाउन आग्रह

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा आज बिहान आएको हिम पहिरोपछि तालमा पानीको मात्रा बढ्न जाँदा बुढीगण्डकी नदिमा पानीको मात्रा केही बढेकाले नदी किनारा क्षेत्रमा काम गरिरहेकाहरूलाई सतर्कता अपनाउन चुमनुब्री गाउँपालिकाले आग्रह गरेको छ ।
गण्डकी नदिमा साबिकको भन्दा धेरै पानी देखिएकाले सतर्कता अपनाउन सूचना जारी गरिएको चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।
सानाठूला हिम पहिरो दैनिक आइराख्ने भएपनि आजको हिम पहिरोले काठेपुल समेत बगाएपछि जिल्ला प्रशासन कार्यालयबाट समेत सबैतिर सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्