तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह 

चितवन  । जिल्ला प्रशासन कार्यालय चितवनले मनास्लु हिमालमा हिम पहिरो गएपछि त्रिशूली नदी र नारायणी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार सूचना जारी गर्दै २४ घण्टासम्म नदीमा पानीको बहावको जोखिम कायम रहन सक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा आइतबार बिहान ९ बजेको आसपासमा हिम पहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको बहाव बढेको थियो ।

“हिमालबाट अचानक झरेको हिम पहिरोले तालको पानी विस्थापन हुन गई नदीमा पानीको बहाव बढ्न गएको छ”, जारी सूचनामा भनिएको छ, “यो क्रम २४ घण्टासम्म रहन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button