तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । 

अस्वस्थ्य भएपछि उहाँ अहिले घरमै आराम गरिरहनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहनुभएको छ । 

अध्यक्ष ओली अस्वस्थभएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button