लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टीले फिर्ता बोलायो आफ्नो मन्त्रीलाई

दाङ । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकार बाट आफ्नो पार्टीबाट बनेका मन्त्रीलाई फिर्ता बोलाएको छ । पूर्व सहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको हो ।
जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले मुख्यमन्त्रीलाई राजीनामा बुझाउनुभएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार हिजै राजीनामा दिएको पाइएको छ ।
अहिर माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट मन्त्री बन्नुभएको थियो ।उहाँले वैशाख ६ गते मन्त्रिपरिषद् विस्तार हुँदा अहिरले कृषि मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । सरकार गठनका क्रममा मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति नै गर्नुभएको थियो ।
अहिले एउटा मात्र दिएपछि सरकारबाट मन्त्री फिर्ता बोलाइएको प्रवक्ता मनिष सुमनले बताउनुभयो । ३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८३ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग टुप्लुक्क बहुमत ९४४० मत मात्र छ ।








प्रतिक्रिया राख्नुहोस्