लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा तिर्थ पुन विजेता

भैरहवा । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन २०२४ मा तिर्थ पुन प्रथम हुनुभएको छ । ४२।१९५ किलोमिटरको फुल म्याराथनमा बागलुङ घर भएका भारतीय सेना समेत रहेका पुन प्रथम हुन सफल भएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराई जानकारी दिनुभयो । त्यसैगरी दोस्रोमा खड्ग बहादुर खड्का र दुर्गा बहादुर बुढा तृतीय भएका छन् ।
फुल म्याराथनमा प्रथमले ५ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख ८० हजार, पाचौंले ६० हजार, ४० हजार, २० हजार, १० हजार ५ हजार , १० जनाले प्राप्त गरेका छन् ।

त्यसैगरी आफ म्याराथन महिलाको २१ किलोमिटर दौडमा सन्तोषी श्रेष्ठ प्रथम, द्वितीयमा पूर्णलक्ष्मी न्यौपाने र तृतीयमा पुस्पा भण्डारी हुनुभएको छ ।
प्रथमले २ लाख, दोस्रोले १ लाख ६० हजार, तेस्रोले १लाख २० हजार प्राप्त गरेका छन् ।
विद्यार्थी दौडमा छात्रामा अरनिमा चौधरी प्रथम, कुसुम ठगुन्ना द्वितीय , भूमा चौधरी तेस्रो भएका छन् । छात्र तर्फ उमेश वरइ प्रथम, द्वितीयमा सन्देश पाण्डे, अनिस कुमार क्षेत्री तृतीय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

५ हजार मिटर दौडमा सहभागी प्रथम, द्वितीय र तृतीय ले क्रमशः १५ हजार, १० हजार ५ हजार पाएका छन् ।
नेपालका लागि चिनियाँ राजदूतावास, नेपाल ओलम्पिक कमिटी, नेपाल पर्यटन बोर्ड, लुम्बिनी बिकास कोष, प्रदेश खेलकुद परिषद्को आयोजनामा कार्यक्रम भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्