माडीमा बाघको आक्रमणबाट एकजना घाइते
चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आइतबार साँझ ६ बजेको समयमा बादरझुला स्थित भालुखोला बस्ने ३० बर्षिया बुद्धिराज गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार गुरुङ घर नजिक खेतमा पानी लगाउन जाने क्रममा एक्कासी बाघले आक्रमण गरेको थियो ।
घाइते गुरुङको उपचार भरतपुर अस्पतालमा भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको निधार र बायाँ हातमा चोट लागेको छ । उनको अवस्थामा भने सामान्य नै रहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्