‘अहिलेको समीकरण २०८४ सालसम्म कायम रहन्छ’
सल्यान । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमालेलाई धुलो चटाउने भनेर हिँडेका पार्टीहरू असफल भएको बताउनुभएको छ ।

आइतबार नेकपा एमाले सल्यानको १० औँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले अहिले एमाले माओवादी लगायतका दल मिलेर बनेको समीकरण टिकाएर २०८४ सालसम्म कायम राखिने बताउनुभयो । अहिलेको समीकरण भत्काउन सबै देशी विदेशी शक्ति लागिपरे पनि यसलाई टुट्न नदिन आफूहरू सचेत रहेको बताउनुभयो ।

अहिलेको समीकरणलाई ८४ सालको निर्वाचनसम्म टिकाए पनि ८४ को निर्वाचनमा एमाले एक्लै चुनावमा जाने र एक्लै बहुमत ल्याउने मानसिकताका साथ अगाडी बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
०८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत एमालेसित भएकाले आजैबाट तयारी थालेर यसको आधार खडा गर्न उपाध्यक्ष ज्ञवालीले आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्