तपाईँ सुन्दै हुनुहुन्छः

इण्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि भारतको कोलकातालाई

चितवन । भरतपुरमा सम्पन्न इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले जितेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा मधेस प्रदेशमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै कोलकाताले उपाधि जितेको हो ।

कोलकाताले जितका लागि दिएको १८९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले ८ विकेटको क्षतिमा १८५ रन मात्र बनाउन सकेपछि कोलकाता ३ रनले विजयी हुन पुग्यो ।

फाइनल खेलमा कोलकाताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए । यस्तै प्रकाश दाहाल इमर्जिङ प्लेयरको अवार्ड भरतपुर मेयर्स ११ का खेलाडी नयन प्रधानले पाए ।

विजेता र उपविजेता टिमलाई समापन समारोहकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले ट्रफी र मेडल वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button