नवलपरासीमा राष्ट्रिय कबड्डी प्रतियोगिता हुने
नवलपरासी । नवलपरासीमा राष्ट्रिय कबड्डी प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको बताइएको छ । मुख्यमन्त्री अन्तर प्रदेशिय राष्ट्रिय कबड्डी प्रतियोगिता चैत १९ गतेदेखि २१ गते सुनवलमा हुने भएको हो ।
लुम्बिनी खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबड्डी संघ नवलपरासी सह आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
राष्ट्रिय कबड्डी प्रतियोगितामा सातै प्रदेशका ९८ जना खेलाडी जसमा ७ जना प्रशिक्षक र २४ जना अफिसियल सहित १२९ जना सहभागी हुने पत्रकार सम्मेलनमार्फत जिल्ला खेलकुद समिति नवलपरासीका अध्यक्ष रितमान कामु मगरले जानकारी दिनुभयो ।
कबड्डी प्रतियोगिता लिग चरणमा हुनेछ।प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद १ लाख र सेमिफाइनल पुग्ने दुई टोलीले नगद ५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
हामिले खेलकुदका विभिन्न बिद्यालाई उतिकै महत्व दिनुपर्छ।पछिल्लो समय नवलपरासीबाटै राष्ट्रिय स्तरमा खेलाडीहरु रहेका छन्।मुल उद्देश्य नै दक्ष खेलाडी उत्पादन हो।तर पनि राज्यले खेल क्षेत्रमा खासै लगानी नगर्दा खेलाडीहरू निरुत्साहित छन्अ,ध्यक्ष मगरले भन्नू भयो ।
अप्रिल २२ गतेदेखी हुने बङ्गलादेशमा हुने बंगबन्धु कपको तयारी स्वरुप खेलाडी छनौट लागि राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्