पञ्चवर्षीय योजनामा गौरव र दीर्घकालीन योजना समेट्न मुगालिको सुझाव
मुगु । राष्ट्रिय योजना आयोगको आयोजनामा शुक्रबार बार आयोजित दोर्सो पञ्चवर्षीय योजना तर्जुमाका लागि आयोजित जिल्ला स्तरीय परामर्श गोष्ठीमा सहभागीहरूले मुगु जिल्लाका लागि मागमा आधारित गौरवका योजनाहरु समेट्न सुझाव दिएका छन् ।
गोष्ठीमा सहभागीहरुलाइ ७ समूहमा विभाजित गरि कर्णाली प्रदेश राष्ट्रिय योजना आयोगको २०८१ देखि शुरु हुने दोर्सो पन्चेवर्षे योजनामा मुगु जिल्लाका समेट्नु पर्ने विषयगत क्षेत्रहरुका योजना तथा कार्यक्रम बारे सुझाव सङ्कलन गरिएको थियो । स्थानीय तह समूहबाट प्रतिनिधित्व गर्दै सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहिले प्रत्येक स्थानीय तहमा खाद्य बैकको स्थापना गर्नुपर्ने,जनसमुदायमा खानपान बानी परिवर्तनका कार्यक्रम सञ्चालन गर्नुपर्ने,स्थानीय स्तरमा पर्याप्त मात्रामा पाइने गाजा र अल्लोमा आधारित उद्योग सञ्चालन गरिनु पर्ने बताउनु भयो ।
अधिकृत शाहिले प्रदेशको आम्दानीका लागि यहाँ रहेका दुङा,माटो,बालुवा,गिट्टीको बजारीकरण गर्नु पर्ने,सडक दुर्घटनामा कमी ल्याउन सुरक्षित सडक संरचना बनाउन जोड दिनु पर्ने,स्थानीय स्तरमा स्वरोजगार बनाउने रैथाने जातका मसलाजन्य र फलफूल जन्य खेती प्रारम्भ र उद्योग सञ्चालन गर्नुपर्ने सुझाव दिनु भएको थियो । जिल्ला समन्वय समिति समितिबाट सुझाव दिनुहुँदै समन्वय अधिकारी विश्वास तिमिल्सिनाले समन्वय समितिलाई अधिकार सम्पन्न बनाइ स्थानीय तहका योजना कार्यक्रम अनुगमन गर्ने र कार्वाहिको लागि अनुदान घटाउन सिफारिस गर्न सक्ने बनाउनु पर्ने बताउनु भयो ।
कक्षा ८ सम्म मात्र छात्रवृत्ति दिइँदै आएकोमा अब १२ कक्षा सम्म दिने व्यवस्था गर्नुपर्ने,बाल कक्षा देखि ५ कक्षासम्म मात्र दिइने दिवा खाजा माध्यमिक तहसम्मका विद्यार्थीलाई पनि दिनु पर्ने,विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दि हुनुपर्ने,सङ्घीयता आयपछि ओझेलमा परेका शिक्षक पेशागत तालिमलाई निरन्तरता दिनुपर्ने र विद्यालयहरूका आवश्यकिय सम्पुर्ण पूर्वाधार निर्माणमा जोड दिन शिक्षा समूहबाट बोल्दै महाकाली नमुना माध्यमिक विद्यालयका प्राध्यापक खडक बहादुर रोकायाले सुझाव दिनुभयो ।
पत्रकार समूहबाट बोल्दै सन्चारकर्मी सर्जन बहादुर शाहिले प्रथम पञ्चवर्षीय योजनामा मुगु उपेक्षित भएकोले दोर्सो पञ्चवर्षीय योजनामा कम्तिमा सबै क्षेत्र समेट्नु पर्ने बताउनु भयो उहाँले कर्णाली राजमार्गलाई सुरक्षित राजमार्ग बनाउन पर्ने,झुगेला माझ्चौर ( रारा,रारा) (तारापानी(दोमुख,रारा) चंखेली दुधदह र रारा सातताल सडक निर्माण गर्नु पर्ने,रारा आउन छोटो मार्ग बनाउन जुम्ला च्यारे(नेउरिगाड) मुगु मन्दु र सेरि (तारापानी) सुरुङ्गमार्ग बनाउन जोड दिनु पर्ने, मुगु कर्णालीबाट ठूलो क्षमताको विधुत उत्पादन गर्न योजना बनाउनु पर्ने,मुगु जिल्लामा रहेका तामाखानी,फलाम खानी,नुन खानी उत्खनन् गरि प्रयोगमा ल्याउनु पर्ने, जनतालाइ सुशासनको प्रत्याभूति दिलाउन स्थानीय तहबाट छनौट भएका योजना तथा कार्यक्रम मात्र प्रदेश तथा सङ्घीय सरकारले छ्नौट गर्नुपर्ने,नगरसभा,गाउँ सभा,कार्यपालिका,गाउँपालिका र प्रदेश सभामा हुने सबै निर्णय प्रत्यक्ष प्रशारण गरिने व्यवस्था हुनुपर्ने सुझाव दिनु भयो ।
मुगुमा भौगोलिक विकटताको बाबजुद धेरै सम्भावना रहेको जिल्ला भएकाले योजना आयोगले प्राथमिकतामा राखेर यहाँका लागि गौरव र दीर्घकालीन प्रभाव पार्ने योजना बनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले सुझाव दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीको अध्यक्षता भएको कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य जित बहादुर शाह, छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम,उपप्रमुख ऐश्वर्या मल्ल,सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही,उपाध्यक्ष केशरबहादुर शाही,नि वर्तमान समन्वय प्रमुख पूर्णबहादुर रोकाया,बुद्धिजीवी देव बहादुर मल्ल,पत्रकार महासङ्गका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्ल,शिक्षक महासङ्गका अध्यक्ष विष्णुमाया भाम,रेडक्रस मुगु सभापति जयबहादुर मल्ल,राजनैतिक दलका प्रतिनिधि,गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्