तपाईँ सुन्दै हुनुहुन्छः

इण्डो–नेपाल टी–२० : उपाधिका लागि मधेस प्रदेश र भारतको कोलकाता भिड्ने

चितवन । भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता भिड्ने भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा समूहको शीर्ष स्थानमा रहेको भारतको क्षेत्रीय टोली पीएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेस प्रदेश फाइनलमा स्थान सुरक्षित गरेको हो ।

जितको लागि लखनउले दिएको १४८ रनको लक्ष्य मधेस प्रदेशले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै अर्को भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले उपाधिका लागि मदेशसँगको भिडन्त पक्का गरेको छ ।

सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य कोलकाताले १५.३ ओभरमा ३ विकेट गुमाउँदै १५० रन बनाएर जित हासिल गर्‍यो ।

फाइनल खेल भोलि (शनिबार) हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button