तपाईँ सुन्दै हुनुहुन्छः

बालबिज्याईकर्ता सहित १ कैदिबन्दि एसइई परीक्षामा सहभागी

बाँके । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा बाँके जिल्लामा रहेका दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबिज्याईकर्ताहरु पनि सहभागी भएका छन् । बाँके जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबिज्याईकर्ता यस पटकको एसइईमा सहभागी भएका छन् । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार डुडुवाको जयन्दु बाल सुधारगृहबाट ३४ जना र नौबस्ता बाल सुधारगृहबाट १२ जना बालबन्दी गरेर ४६ जना परीक्षामा सहभागी भएका छन् । सोही प्रकारले नेपालगन्जस्थित बाँके कारगारबाट पनि एक कैदी बन्दीले समेत एसइई दिइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो। 

उहाँका अनुसार परीक्षालाई मर्यादित तुल्याउन सुरक्षाकर्मीको रोहवरमा मात्र प्रश्न पत्र खोलिएको र बितरण भएको छ । परीक्षा अवधिभरि विद्यार्थी र निरीक्षकले मोबाइल प्रयोग गर्न पाउने छैनन् ।

लैङिक मैत्री ढङ्गबाट परीक्षा चेक जाँच हुने छ भने मर्यादा बिपरितका कार्य भएको सूचना पाइएमा प्रशासनद्वारा विशेष अनुगमन समेत हुने प्रजिअ पोखरेलले बताउनुभयो । बाँके जिल्लामा आजबाट ३४ वटा परीक्षा केन्द्र मार्फत ९ हजार सय ९३ परीक्षार्थीले परीक्षा दिंदैछन् ।यस्तै एसइई परीक्षामा समावेश भएका बालबिज्याईकर्ता लगायत जिल्लाका सम्पुर्ण विद्यार्थी भाईबहिनिहरुलाइ सफलताको शुभकामना दिँदै भयरहित वातावरणमा परीक्षा दिन अपिल समेत गर्नु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button