तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैङ्कद्वारा कोहलपुरमा सचेतना अभियान

बाँके । पछिल्लो समय कागजी नोटमा हेलचेक्राई हुन थालेपछि राष्ट्र बैङ्कले अभियानकै रूपमा सचेतनामूलक कार्यक्रम थालेको छ । वित्तीय जागरण अभावका कारण आम नागरिकहरूले प्रयोग गर्दै आएका कागजी नोटहरू अहिले असुरक्षित हुँदै आएको पाइन्छ । बजारमा धेरै जसो नोटहरू च्यातिएका केरमेट भएका र सफा नोट कमै मात्रमा पाइन थालेको छ । नोटलाई सुरक्षित राख्नको लागी बाँकेको कोहलपुरमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय सस्तासँगको सहकार्यमा राष्ट्र बैकले सचेतनामूलक कार्यक्रमको थालनी गरेको छ ।

ग्लोबल मनी सप्ताहको अवसरमा विद्यालयमा चेतनामूलक कार्यक्रम थालिएको साथै नोटलाई सबैले सुरक्षित राख्न सबै नागरिक स्वयम सचेत हुनु पर्ने नेपाल राष्ट्र बैकका उप निर्देशक रामकुमार कार्कीको भनाई रहेको छ।

ग्लोबल मनी सप्ताहको अवसर पारेर बाँकेको कोहलपुरमा विद्यालयका बिद्यार्थीहरुलाई पैसाको बचत कसरी गर्ने नेपाली नोटलाई कसरी सफा राख्न सकिन्छ र यो अभियानमा बिद्यार्थीहरुको भूमिका प्रभावकारी हुने स्वावलम्बन लघुवित्त कोहलपुर क्लस्टर प्रमुख चन्द्र बहादुर थापा बताउनुहुन्छ। कागजी नोटको ब्यस्थापन सँगसँगै हामीले आम्दानी र खर्चको व्यवस्थापनलाई पनि ध्यान दिनु पर्ने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कोहलपुर क्लस्टर प्रमुख चन्द्र बहादुर थापाको भनाइ छ।

नेपाली रुपैयाँमा केरमेट गरे वा नोटमा हस्ताक्षर गरेमा नोटको बन्डलमा स्टीज लगाएमा ३ महिना कैद र ५ हजार सम्म जरिवाना हुनेगरेको छ । तर पनि वित्तीय साक्षरता अभावका कारण कानुन कार्यान्वयनमा आउन सकेको छैन पैसालाई सुरक्षित राख्नको लागी यो कार्यक्रमबाट धेरै कुरा थाहा पाउन सकेको विद्यार्थी गङ्गा रोकायको भनाइ छ।

नेपाली रुपैयाँलाई सफा र सुरक्षित राख्ने यो अभियानमा नागरिक स्तरबाट सहयोग भयो भने बर्सेनि नयाँ नोट छपाइमा हुने खर्चमा बचत हुने देखिन्छ।
यस्तै कागजी नोटलाई सुरक्षित राख्न पर्छ भन्ने आफूलाई जानकारी नभएको र यो कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको कोहलपुर नगरपालिकामा रहेको कृष्ण माविका बिद्यार्थीहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button