तपाईँ सुन्दै हुनुहुन्छः

वन तथा वातावरण राज्यमन्त्रीमा कार्की

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा राज्यमन्त्रीको सपथ ग्रहण गराउनुभयाे ।

प्रधानमन्त्री ‘प्रचण्ड’ को सिफारिसमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उहाँ प्रतिनिधि सभा निर्वाचन, २०७९ मा धनुषा १ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button