तपाईँ सुन्दै हुनुहुन्छः

सुशासनको नयाँ अभियान सुरु भएको छः गृहमन्त्री लामिछाने

भरतपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताउनुभएको छ । आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उहाँले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ ।” उहाँले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको बताउनुभयो । “अब मान्छे बचाउने होइन देश बचाउने हो । नेता बचाउने होइन जनता बचाउने हो”, उहाँले भन्नुभयो । गृहमन्त्री लामिछानेले गलत गतिविधि गर्नेहरु कानुनको दायरामा आउने भन्दै साना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गिन बनोस भनेर शुभकामना दिनुभयो । उहाँले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणि रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभयो । पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button