तपाईँ सुन्दै हुनुहुन्छः

होलीको तयारीमा झकिझकाउ नेपालगन्ज (फोटो फिचर)

बाँके । होली पर्वको पुर्वसन्ध्यामा नेपालगन्जको त्रिभुवनचोक, घरबारी टोल , बागेश्वरी मन्दिर परिसर आकर्षक रुपमा सजिएको छ । नेपालगन्जमा होलीका लागि विभिन्न रंगिविरंगी रङ, बेलुन, पिचकारी तथा टिसर्टले चोकको सौन्दर्ययता बढाएको हो ।

व्यापार खासै नभए पनि व्यापार हुने आसमा होलीको लागि चाहिने सामानको स्टल सडकभरि राखेको बताउनुहुन्छ व्यवसायी असिम सिद्धिकी ।

नेपालगन्जमा मुख्यगरी चैत्र १२ गते होली मनाउने भए पनि मिश्रित समुदायको बसोबास रहेकाले ११ गते र १२ गते दुई दिन नै मनाउने गरी होलीका लागि आवश्यक पर्ने सरसामान विक्री भइरहेको ब्यापारीहरु बताउँछन् ।

हिन्दु धर्मावलम्बीहरूले मनाउने हरेक चाडपर्वको अवसरमा सजिने नेपालगन्जको मुटु त्रिभुवन चोक, धम्बोजी चोक घरबारी टोल र बागेश्वरी मन्दिर परिसर होलीको अघिल्लो दिनदेखि नै झकिझकाउ छ। सद्भावको शहर नेपालगन्जमा हिन्दु मुस्लिम दुबै मिलेर हरेक चाडपर्व एक आपसमा शुभकामना आदानप्रदान र माया प्रेम साटासाट गर्दै मनाउँदै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button