तपाईँ सुन्दै हुनुहुन्छः

इलाम कलाकार समाज काठमाडौँकाे प्रथम साधारणसभा सम्पन्न

काठमाडौँ । इलाम कलाकार समाज काठमाडौँको प्रथम साधारणसभा सम्पन्न भएको छ । 

वरिष्ठ सङ्गीतकार, साहित्यकार तथा प्राध्यापक डम्बर पहाडीको प्रमुख आतिथ्यतामा समाजको  प्रथम साधारणसभा सम्पन्न भएको हो । 

साधारण सभाले रमेश बोखिम राइको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । 

साथै समाजको उपाध्यक्षमा सुष्मा राई, सचिवमा थिरज राई, कोषाध्यक्षमा फुटी शेर्पा चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा निर्मल दियाली, राजन खतिवडा, प्रेम राई, इन्द्रकला राई र रोशन, सुवेदी रहनुभएको छ । 

यसैगरी, साधारण सभाले ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार सदस्यहरूमा, मिलन मोक्तान, दावा तामाङ, डम्बर पहाडी, इन्द्र गुरुङ, डेनी निरौला, डी आर राई र गणेश पराजुली रहनुभएको छ । 

सभामा इलामेली चर्चित गायक रोशन गुरुङ र जगदीश समाललाई मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button