मधेश प्रदेशमा कृषिको विकास विना आर्थिक विकास कठिन : मुख्यमन्त्री यादव

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको आर्थिक विकासको मेरु दण्डको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि उन्नत प्रविधिका साथै उन्नत वाली विकासमा जोड दिनका लागि आग्रह गर्नु भएको छ । मुख्यमन्त्री यादवले मधेश कृषि विश्वविद्यालयको तेस्रो विश्व विद्यालय सभालाई जनकपुरधाममा सम्बोधन गर्दै मधेश प्रदेशमा स्थापित कृषि विद्यालयले हाल रहेको जीविकोपार्जन मुखी कृषिलाई व्यावसायिक एवं वैज्ञानिक कृषिमा रूपान्तरण गर्नका लागि उन्नत प्रविधिको विकासमा जोड विश्व विद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिनु भयो ।

उहाँले मधेश सरकारको गौरवको योजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालयले माटो सुहाउँदो प्रविधिको विकास गर्दै प्रदेश तथा देशकै अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषि क्षेत्रको विकासमा निरन्तर रुपमा काम गर्न निर्देशन दिनु भयो । विश्वविद्यालयका कुलपति समेत रहनु भएका मुख्यमन्त्री यादवले कृषि क्षेत्रमा भइरहेको ह्रासलाई नियन्त्रण गर्दै वैज्ञानिक कृषिका लागि काम गर्नका लागि आग्रह गर्दै यस्तो कार्यमा मधेश प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्नका तैयार रहेको बताउनु भयो ।

कृषिको विकास विना मधेश प्रदेशको विकास सम्भव नरहेको यथार्थलाई स्वीकार्य गर्दै मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष प्राविधिकको उत्पादन संंगै कृषिको विकासका लागि खोज, अनुसन्धानमा जोड दिन जरुरी रहेको बताउनु भयो । तेस्रो विश्वविद्यालय सभाले विश्वविद्यालयले गरेका कार्यहरूको अनुमोदन गर्नुको साथै अगामी दिनमा विश्वविद्यालय सञ्चालन गर्ने नयाँ कार्य तथा योजना, नीति, नियमहरू पारित गरेको छ ।
विश्व विद्यालयका सभामा मधेश प्रदेशका मुख्य न्यायधिवक्ता विरेन्द्र कुमार ठाकुर, सभाका सदस्यहरु नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु राम चौधरी, जागेश्वर यादव, डा. प्रकाश कुमार यादव, कृषि वैज्ञानिक उर्मिला साह, शिक्षा तथा संस्कृति मन्त्रालयका नि.सचिव महेन्द्र महतो,प्रा. डा. कन्हैया प्रसाद सिह , उपकुलपति डा वैद्यनाथ महतो, रजिष्ट्रार भगवान् ठाकुर सहितका सदस्यहरु बैठकमा सहभागी रहनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्