तपाईँ सुन्दै हुनुहुन्छः

जागरण अभियानलाई राज्यको साझा अभियान बनाउन सभामुख घिमिरेको आग्रह

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जीवन विज्ञानले सुरु गरेको आध्यात्मिक जागरण अभियानलाई राज्यको साझा अभियान बनाउन सबैलाई समेट्न आग्रह गर्नुभएको छ ।    

विराट चक्र विज्ञान कार्यक्रमबारे जानकारी गराउन चैत ८ गते बिहीबार सिंहदरबार पुगेको जीवन विज्ञानका पदाधिकारीसँगको भेटमा सभामुख घिमिरेले भन्नुभयो– ‘अभियानलाई राज्यको साझा बनाउन राज्यका सबै निकाय तथा राजनीतिक दलको सामूहिक सामूहिक प्रतिबद्धता हुनुपर्छ ।’ उहाँले हामीसँग भएका ध्यानका सम्पदाको प्रचारप्रसार हुन नसकेको बताउँदै यसलाई विश्वमाझ पुर्‍याउन सके राष्ट्र र समग्र मानव जातीको हित हुने बताउनुभयो ।   

श्रद्धेय रमेश गुरुदेवले मन व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै मनलाई व्यवस्थित गर्ने कला सिकाउन ५ हजारको सहभागितामा विराट चक्र विज्ञान कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले जीवन विज्ञानले बुद्ध जन्मस्थल लुम्बिनीमा २०८० चैत १७ देखि २३ गतेसम्म ‘विराट चक्र विज्ञान’ र २४ गते ‘लुम्बिनी आध्यात्मिक जागरण उत्सव’ आयोजना गरिएको जानकारी गराउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button