तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको समृद्धिका लागि राजनीतिक दल र नागरिक समाजबीच सहमति 

बीरगंज । समग्र पर्साको समृद्धिका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योगी व्यवसायी एकताबद्ध भएर लाग्ने सहमति भएको छ । 

आज वीरगंजमा सम्पन्न राजनैतिक दल तथा नागरिक समाजका अगुवाहरू सम्मीलित सर्वदलीय बैठकले तराईकै मेरुदण्डको रुपमा रहेको नारायणी अस्पतालको नयाँ भवन निर्माणमा उत्पन्न कानुनी बाधा अवरोध हटाउन केन्द्रसम्म पुगेर पहल गर्ने तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र दशरथ रङ्गशालापछिको विगतमा देशकै गौरवको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको मर्मत सम्भार र स्तरोन्नतिका लागि राष्ट्रिय गौरवको आयोजनामा राखेर आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित मन्त्रालय एवं सरोकारवाला समक्ष पहल गर्ने निर्णय गरेको छ । 

बैठकमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा समाजवादीका पर्सा अध्यक्ष बाल गोपाल थापा, जनमत पर्साका इन्चार्ज ओम प्रकाश सर्राफ लगायतका नेताहरू तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button