तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका ४ पालिकाका बालबालिका खोप पाउनबाट वञ्चित

बाजुरा । देशभर नौ महिनादेखि पाँच वर्ष मुनीका बालबालिकाहरूलाई दादुरा–रुवेलाको खोप लगाउने राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ । तर बाजुरामा भने ४ पालिकाका बालबालिका खोप पाउनबाट बञ्चित भएका छन् । 

जिल्लाका गौमुल र खप्तड छेडेदह गाउँपालिका तथा त्रिवेणी र बुढीगंगा नगरपालिकाका बालबालिकाहरू खोप पाउनबाट बञ्चित भएका हुन् । 

गौमुलमा ६४ त्रिवेणीमा एक सय ७७ बुढीगंगामा ३८ र खप्तड छेडेदहमा एक सय ७३ जना गरी दुई सय ८६ जना बालबालिका दादुरा रुबेलासँगै अन्य खोपबाट समेत बञ्चित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । लक्ष्य अनुसारको प्रगति हेर्दा जिल्लाभरि ९८ प्रतिशत बालबालिकाले खोप पाएका छन् । भने दुई प्रतिशत बालबालिका खोपबाट बञ्चित भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताउनुभयो।

जिल्लामा दादुरा रुवेला खोप अभियान फागुन १३ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button