तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाडौं। प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

साथै, बैठकमा आ.व. २०८१/८२ को लागि विनयोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संघीय संसद सचिवलायले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button