तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा राजीव गुरुङ

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्ति गर्नुभएको छ ।

गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनः गठन गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो । 

गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी)सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको थियो ।

पुनः गठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको सापकोटाले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् पुनः गठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएकाले नवनियुक्त मन्त्रीको सपथ आजै दिउँसो ३ बजेका लागि तय भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकास मन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button