तीनै तहका सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ : प्रमुख शेरचन

नवलपरासी,पश्चिम् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्थानीय उत्पादनको सहज बजारीकरण हुनुपर्ने बताउनु भएको छ । स्थानीय स्तरमा उत्पादन हुने विभिन्न बस्तुहरूलाई ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सके नेपालको आर्थिक विकासमा टेवा पुग्नुका साथै घरेलु उद्यमको समेत lविकास हुने उहाँले बताउनु भयो । शनिबार प्रतापपुर गाउँपालिकामा केराको रेसाजन्य सामाग्री उत्पादन तालिममा बोल्दै शेरचनले यस्तो बताउनु भएको हो ।
नेपाल प्राकृतिक रुपमा प्रचुर सम्भावना भएको मुलुक रहेको बताउँदै शेरचनले नेपालका धेरै जडीबुटीहरू सस्तो दररेटमा विदेश जाने र उही सामाग्री प्रशोधन भएर महँगो मूल्यमा नेपालमा नै फर्किने बताउनु भयो ।
केराको पकेट एरिया रहेको प्रतापपुर गाउँपालिकामा केरा कै थाम बाट रेसा निकालिएको हुँदा कच्चा पदार्थको अभाव नहुने शेरचनको दाबी छ । ” केरा खाने र थाम फाल्ने भइरहेको छ । खेरा गइरहेको केराको थामको प्रयोगले प्रतापपुर र सुस्ता क्षेत्रको आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने मैले महशुस गरेको छु ।” शेरचनले भन्नुभयो । स्थानीय तह, प्रदेश सरकार र सघिय सरकारले नै प्राथमिकता दिई उद्यमशीलताको बिकास गर्न सके नेपालको अर्थ तन्त्रलाई बिकास गर्ने सकिने शेरचनको भनाइ छ ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले गाउँपालिकाले कृषिमा प्राथमिकता दिएको बताउनु भयो । ” करिब ९६ प्रतिशत कृषि योग्य भूमि छ । प्रतापपुर गाउँपालिका केरा र उखुको उत्पादनको केन्द्र रहेको छ ।” आगामी स्थानीय स्रोत र साधनको परिचालन गरी बस्तु उत्पादन गर्ने र उत्पादित बस्तुको बजारीकरणका लागी पालिका लागिरहेको यादवको भनाइ छ ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले प्रतापपुर र सुस्ता गाउँपालिकामा गरि ४ ठाउँमा बीस बीस जना गरी ८० जना स्थानीयहरूलाई तालिम दिइएको जानकारी दिनु भयो । ” प्रदेश सरकारको १० लाख रुपैयाँमा अहिले ८० जनालाई केराको थामबाट स्यानेटरि प्याड, डोरी लगायतका सामाग्रीहरू बनाइएको छ ।”
प्रतापपुर ८ मा सञ्चालित तालिमबाट केराको थामबाट स्यानेटरी प्याड, डोरीलगायतका सामाग्री उत्पादन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्