तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौं ।आज आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालय बिधेयक–२०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

साथै आ.व. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button