तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिणाममा ब्रोइलर कुखुराका चल्ला बरामद

बाँके । प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिणाममा ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ । 

प्रहरीले नेपालगन्ज–२० राँझा, नेपालगन्ज–१८ कारकाँदो र डुडुवा–६ हिरमिनियाबाट पाँच हजार नौ सय वटा कुखुराका चल्ला बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ब्रोइलर कुखुराको चल्ला ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । पाँच लाख ९० हजार रुपैयाँ बराबरका ५९ पेटीमा रहेका पाँच हजार नौ सय वटा कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ढुवानीमा संलग्न अटो नियन्त्रणमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन ।

त्यस्तै, प्रहरीले कारकाँदोबाट अवैध रुपमा भारतबाट ल्याएको आठ केजी माछा पनि बरामद गरेको छ। बरामद गरिएको उक्त चल्ला र माछा आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button