प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।
छलफलका क्रममा सांसदहरुले सार्वजनिक वित्तको सङ्कटको खाडल पुर्नेतर्फ अनुशासन कायम गर्नुपर्ने, विकासको कार्यक्रमहरूको प्राथमिकीरण मात्र नभई समाज र अर्थतन्त्रलाई जोड्नुपर्ने सुझाव दिनुभएको छ ।
पुजिँगत खर्चलाई वृद्धि गर्नुपर्ने भन्दै सांसदहरुले हरेक वर्ष वैदेशिक ऋण बढ्दै जानु र विकास निर्माण घट्दै गएकोले देश भूगोल र परिस्थिति अनुकूल बजेटका सिद्धान्त निर्माण गर्नुपर्ने बताउनुभयो ।
यस्तै, मुलुकको व्यापार घाटालाई कम गर्न स्वदेश बस्तुको अनिवार्य प्रयोगको सिद्धान्त अपनाई देशको अर्थतन्त्र बाहिर नजाने पनि सांसदहरुले सुझाव राख्नुभयो ।
सांसदहरुले पूर्वाधार निर्माण शहर केन्द्रित मात्र नभएर गाउँ केन्द्रित गर्नुपर्ने, अन्तर निकायबीच समन्वय गरेर सामाजिक, मानवीय तथा पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्