तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिकार र कर्तव्य समान हुनुपर्छ’ 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिकार र कर्तव्य समान हुनुपर्ने बताउनुभएको छ । 

सांसदहरुले राष्ट्रियसभा निर्वाचित जनप्रतिनिधिले पनि निर्वाचित गरेको सभा भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभालाई समान जिम्मेवारी दिनुपर्ने बताउनुभयो । 

त्यसअघि, सांसदहरुले विशेष समय माग गर्दै राष्ट्रियसभाका नव निर्वाचित अध्यक्ष नारायण दाहाललाई बधाई तथा शुभकामना दिँदै सभाको गरिमालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष दाहालले आफूलाई प्रधानमन्त्रीको पारिवारिक नातासँग नजोड्न आग्रह गर्दै प्रधानमन्त्री दाहालसँग विचार केन्द्रित सहकर्मीको सम्बन्ध भएको बताउनुभयो । 

अध्यक्ष दाहालले राष्ट्रियसभाको भूमिकालाई थप माथि उठाउन आफु केन्द्रित हुने भन्नुहुँदै कानुन निर्माण र संसदीय प्रणाली, जनसरोकारका विषय, सङ्घीयता सबलीकरणमा सभालाई केन्द्रित गर्ने आफ्नो भूमिका हुने बताउनुभयो । 

सभाको बैठकमा अध्यक्ष दाहालले अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा सांसद गंगा कुमारी वेल्वासे, जयन्ती राई, तुलसा दाहाल, पूजा चौधरी र विष्णु देवी पुडासैनीलाई अध्यक्षता गर्ने गरी मनोनयन गर्नुभयो । 

यसैगरी, बैठकमा अध्यक्षले विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर गर्नुभयो । 

बैठकमा राष्ट्रियसभाका विषयगत समितिमा रिक्त सभापतिको पदको यही चैत्र ४ गते निर्वाचन हुने जानकारी दिनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक चैत्र २ गते शुक्रवार ११ बजेर १५ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button