तपाईँ सुन्दै हुनुहुन्छः

चार जना स्रष्टालाई पारिजात सम्मान

काठमाडौँ । पारिजात स्मृति केन्द्रले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएको चार जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।

साहित्यकार पारिजातको ९१औँ जन्मजयन्तीको अवसरमा पारिजात बाल साहित्य सम्मानबाट बाल साहित्यकार प्रा. डा. ध्रुव घिमिरे, पारिजात कला सम्मानबाट  गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात सङ्घर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने निर्णय गरिएको  पारिजात स्मृति केन्द्रले जनाएको छ ।

केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठका अनुसार  आगामी वैशाख ५ गते पारिजात स्मृति दिवसका अवसरमा ती सम्मान प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button