तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वास्थ्य र राष्ट्रको पहिचानका लागि खेल अति आवश्यक’

सुनसरी । स्वास्थ्य र राष्ट्रको पहिचानका लागि खेल अति आवश्यक भएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले बताउनुभएको छ ।

सुनसरीको दुहबीमा वैशाख ४ गते देखि सञ्चालन हुने छैठौ मेयर कप फुटबल प्रतियोगिताको पत्रकार सम्मेलनमा आज बुधबार उहाँले सो कुरा बताउनुभएको हो ।

स्थानीय स्तरबाट खेलाडी उत्पादनलाई जोड दिँदै नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गच्छदारले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्नु हुँदै दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले ग्रास रुटबाटै स्थानीय खेलाडी उत्पादन हुने र दुहबीमा २२ करोडको लागतमा दुहबी रंगशाला निर्माणाधीन अवस्थामा रहेको जानकारी दिँदै दुहबीमा चाँडै फुटबल एकेडेमीको स्थापना गर्ने समेत गर्ने मेयर गच्छदारले बताउनुभयो ।

प्रतियोगिता चैत्र ४ गते हुने भए पनि मुस्लिम समुदायको पवित्र महान् पर्व रमाजान परेकोमा वैशाख ४ गतेदेखि हुने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जानकारी दिनुभयो । दुहबी नगरपालिका आयोजक रहेको प्रतियोगितामा क्लब संयोजन रहेको छ । मेयर कपमा दुहबीका १२ वटा वडाको टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष राईले बताउनुभयो ।

दुहबी ५ स्थित श्री सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने वडाले उपाधिसहित नगद १ लाख २५ हजार २ सय बाइस रुपैयाँ नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ७५ हजार २ सय २२ रुपैयाँ तथा शिल्ड मेडल प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि दुहबी नगरपालिकाद्वारा ११ लाख रुपैयाँ विनियोजित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button