विश्वासको मत दिने प्रतिनिधिसभा बैठकमा पाँच सांसद अनुपस्थित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुभएको हो ।
अनुपस्थित हुने सांसदहरूमा एमालेका वसन्त कुमार नेम्वाङ, राप्रपाका गीता बस्नेत, जनमतका सोनु मुर्मु र दुई जना सांसद निलम्बित हुनुहन्छ । मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ र अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी निलम्बनमा हुनुहुन्छ ।
वसन्त कुमार नेम्वाङ बिरामी हुनुभएकोले बैठकमा अनुपस्थित हुनुभएको जनाइएको छ ।
प्रतिनिधिसभाका २७५ सांसद मध्ये इलाम क्षेत्र नं.२ नेकपा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले उक्त स्थानमा आगामी वैशाख १५ गते पुनः निर्वाचन हुदैछ ।
त्यस्तै, झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएका देवराज घिमिरे हाल सभामुख हुनुभएकोले उहाँ विश्वासको मत हाल्ने प्रक्रियामा सहभागी हुनु भएन ।








प्रतिक्रिया राख्नुहोस्