दुई करोडमा सामुदायिक पुस्तकालय
धनकुटा । धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथरजोरपाटी ६ सिधुवा बजारमा एसभीए नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा २ करोड १२ लाख २९ हजार रुपैयाँमा तिन तले सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो । जसमा एस.भी.ए. नेपाल रिड नेपालको एक करोड ६२ लाख र छथर जोरपाटी गाउँपालिकाको ५० लाख २९ हजार लगानी रहने छ ।
सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र मार्फत समुदायमा आधारित व्यावसायिक तथा प्राविधिक सीप विकास गर्न पुस्तकालयमा पुस्तक मात्र नभई तरकारी प्रशोधन, होमस्टे सहित विभिन्न सीपमूलक कार्यक्रम तालिम सञ्चालन गर्ने निर्माण समितिका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
तीन वर्षसम्म पुस्तकालय सञ्चालन गर्न रिड नेपालले सहयोग गर्ने र तिन वर्षपछि समितिले आफैँ सञ्चालन गर्नुपर्ने छ । सो अवधिमा ३ सय युवालाई स्वरोजगार बनाउने उद्देश्य छ । अपाङ्गमैत्री हुने सो पुस्तकालयमा श्रव्यदृष्य कक्ष, महिला, बालबालिका तथा युवा कक्ष रहने छ । कक्ष अनुसारका फरक फरक सामाग्री समेत रहने छन् । त्यस्तै महिला र पुरुष गरी दुई फरक फरक सभाहल रहने जनाइएको छ। पुस्तकालय दिगो रुपमा सञ्चालन गर्न पाँच सटर समेत निर्माण गरिने भएको छ। गत चैत्रमा निर्माण सुरु भएको भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ भने केही महिनाभित्रै सञ्चालनमा आउने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्