तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ कामदार नर्फकिदा ८ वर्षदेखि टेकोको भरमा नुवाकोट दरबार (फोटोफिचर)

नुवाकोट । पुनर्निर्माणको जिम्मा लिएका चिनियाँ कामदार काममा नफर्किँदा ७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको साततले दरबार अझै टेको कै भरमा छ । पुनर्निर्माणको काम सुरु भएको बर्षै बितेपनि दरबार अझै पनि टेकोकै भरमा रहेको देखिन्छ । राजा पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा बनाएको यो भव्य नौतले दरबार नब्बे सालको महाभूकम्पमा भत्किए पछि सात तले हुन पुगेको थियो।

सांस्कृतिक महत्त्व बोकेको यो दरबार २०६५ साल अघि पुरातत्त्व विभाग अन्तर्गत राखिएको थियो २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भएपछि २०६८ वैशाख १३बाट नुवाकोट दरबार सङ्ग्रहालयका रूपमा परिणत भएको थियो । भूकम्पले क्षति पु-याएको यो दरबार सहित आसपासको धार्मिक तथा पुरातात्त्विक सम्पदाको पुर्ननिर्माण गर्ने जिम्मा चिनिया सरकारले लिएको थियो । चीन सरकारले जिम्मेवारी लिएको दरबार सहितको संरचना पुनर्निर्माणको काम ढिलो भइरहँदा दरबार टेकोकै भरमा वर्षौँसम्म रहन बाध्य छ । पुनर्निर्माणको काम सुस्त भएसँगै यसैबीचनेपालको लागी चिनियाँ राजदूत छन् सोङले दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।

राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले समयअवधिको लक्ष्य र जिम्मेवारी अनुसार सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।भूकम्प गएको आठ वर्षसम्म पनि सग्रालयको पुर्ननिर्माण र प्रबलीकरणको काम कामदार अभाव त कहिले चिनियाँ कामदार नर्फिकिएको जस्ता समस्याले अलपत्र बनेको भन्दै उहाँले अब दरबारसहितको सांस्कृतिक सम्पदा पुनर्निर्माणको बाँकी काम छिट्टै सुरु हुने बताउनुभयो ।

साततले दरबार सहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक आठवटा संरचनाको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारको भएको भन्दै उहाँले काम सम्पन्न हुन्छ भन्नेमा ढुक्क रहन स्थानीयहरूलाई आग्रह गर्नुभयो । राजदूत सोङले केही प्राविधिक पक्ष र द्विपक्षीय समझदारी अपडेट (मिलाउन) गर्नुपर्ने भएकाले मिति एकिन नभएपनि काम छिट्टै सुरु गर्न लागेका बताउनुभयो ।

भूकम्पले क्षति पु¥याएका संरचना पुनर्निर्माणमा सहयोग पु९याउने कार्यक्रम अन्तरर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँको आठवटा धार्मिक, पुरातात्त्विक र ऐतिहासिक महत्वका संरचनाको पुर्ननिर्माण गर्ने चीन सरकारले गर्ने सम्झौता भएको छ । सोही अनुसार नेपालको तर्फबाट पुरातत्त्व विभाग र चीन सरकारको तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने सम्झौता विसं २०७६ जेठमा भएको थियो । उक्त अवधि पूरा भइसक्दा समेत दरबार सहितको संरचनाको पुर्ननिर्माण तथा प्रबलीकरण अझै अन्योल अवस्थामा छ ।

चीनले पुनर्निर्माणको जिम्मेवारी लिएको आठवटा संरचनाहरूमा साततले दरबार सहित तुलजा भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी रहेको छ ।

चिनियाँ प्राविधिकहरूबाट भौगोलिक र पुरातात्त्विक अध्ययन भइरहेको समयमा राजदूतले स्थलगत अवलोकन पश्चात् काम सुरु गर्न लागेको बताएसँगै पुर्ननिर्माण अघि बढ्ने आशा जगाएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले बताउनुभयो । उहाँको अनुसार स्थलगत अवलोकनको क्रममा राजदूतले काम सुरु गर्नु अघि दरबारसम्म पुग्ने करिब आठसय मिटर सडकको पहुँच मार्ग खुला गर्न सहित स्थानीयबासीबाट आवश्यक सहयोग हुनुपर्ने माग गर्नुभयो ।

विसं २०७६ साउनमा पहिलो पटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएको थियो । त्यसलगत्तैको नयाँ वर्ष (सन् २०२०) मा फर्कने भनेर गएको चिनियाँ प्राविधिक टोली गत वर्ष मात्रै केही आएपनि पुनर्निर्माणको काम भने अझै सुरु हुन बाँकी रहेको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय हासिल गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ । उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार संग्राहलय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

पुनर्निर्माणको पर्खाइमा रहेको दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचनाहरू राखिएको छ । खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएको हो । एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरिएको भन्नेसमेत पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button