सुर्तीजन्य पदार्थको उत्पादन गरि स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा छलफल गरेको छ ।
सिंहदरबारस्थित समितिमा आज भएको छलफलमा सांसदहरुले राष्ट्रको हित अनुसार सुर्तीजन्य पदार्थको उत्पादन गर्न दिई स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले मानव स्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थ युवापुस्ताले बढी प्रयोग गरिरहेको भन्दै चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलका क्रममा सांसदहरुले स्वदेशी उद्योग बन्द गर्ने तर विदेशबाट आयात गरिने हो भने जनकपुर चुरोट कारखाना पुन सञ्चालन गरी निर्यात गर्नुपर्ने, सुर्तीजन्य पदार्थको पूर्ण रुपमा बन्द गर्नुपर्ने लगायतका धारणा राख्नुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सुर्तीजन्य उद्योग दर्ता गर्ने तर उत्पादन नगर्ने प्रवृत्ति बढिरहेको र उद्योगको पुजी वृद्धि गर्न तथा नयाँ सुर्तीजन्य उद्योग खोल्न पाउनुपर्ने माग बढिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्