प्रचण्ड, ओली र नेपालबीच छलफल
काठमाडौं । सत्तासाझेदार तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएकाे छ । आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताबीच भेटवार्ता भएको हो ।
भेटकाक्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । भेटमा राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लगायतको विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि भेटवार्ता भएको हो । आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ भने प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदैहुनुहुन्छ ।
एकीकृत समाजवादीले आफ्ना मागबारे प्रधानमन्त्रीले लिखित सहमति गरे राष्ट्रियसभाको अध्यक्षमा र प्रधानमन्त्रीको विश्वासको मत नदिने चेतावनी दिएको थियो । यही विषयमा छलफल गर्न नेताहरु जुट्नुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्