शर्मालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले कांग्रेसका तर्फबाट उम्मेदवार शर्माको पक्षमा मतदान गर्न राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दल तथा सांसदहरूलाई अनुरोध गरेको गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्