तपाईँ सुन्दै हुनुहुन्छः

बिजुलीको पोल ढलेर करेन्ट लाग्दा दुई जनाको मृत्यु 

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–८, लालु ठाडाबाटोमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । 

आज बिहान बिजुलीको पोल सार्ने क्रममा करेन्ट लागेर नरहरिनाथ गाउँपालिका–८, लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंगा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

पुरानो पोल हटाएर नयाँ पोल गाड्ने क्रममा पोल ढलेर करेन्ट लागेपछि उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शी सोही वडाका अध्यक्ष लालबहादुर बिष्टले बताउनुभयो । उहाँका अनुसार मृतक केशव थापा स्थानीय मंगलासैनी माविका शिक्षक गंगा थापा कृषक हुन् । 

एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा विद्युतको पोल व्यवस्थापन गर्ने क्रममा सावधानी नपाउँदा पोल ढलेर हाइटेन्सनलाइनको करेन्ट लागेर उनीहरूको भएको प्रहरी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कािलकोटका प्रहरी निरीक्षक किरण रावतले भर्खरै प्रहरी टोली घटनास्थल आइपुगेकाले थप अनुसन्धान कार्य भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button