तपाईँ सुन्दै हुनुहुन्छः

महाशिवरात्रि पर्व :  पुम्दीकोटमा एकै दिनमा १० हजारभन्दा बढी दर्शनार्थी (फोटोफिचर) 

पोखरा  । पोखरा महानगरपालिका– २२ को पुम्दी भुम्दीमा रहेको बिशाल महादेवको मूर्ति परिसरमा आज यो वर्षकै सबैभन्दा बढी भिड लागेको छ । 

महाशिवरात्रि पर्वको अवसरमा आज बिहानदेखि दर्शनार्थी र पर्यटकहरूको अत्यधिक भिड भएको पुम्दीकोट विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । 

उहाँका अनुसार आज महाशिवरात्रि पर्वको अवसरमा १० हजारभन्दा बढी दर्शनार्थीहरु पुम्दीकोटमा एकै दिनमा भुमेश्वर(महादेव) को दर्शन गर्न तथा दूध चढाउन आएका छन् । दर्शनार्थीहरुले उक्त बिशाल महादेवको मूर्ति परिसरमा पुगेर पूजाआजासहित एक सय ८ शिव लिङ्गमा दूध समेत चढाएका छन् । 

बिहानैदेखि अत्यधिक भिड भएकोले यसे क्षेत्रमा ट्राफिक व्यवस्थापनदेखि दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे भएको छ । 

यसैबीच पोखराका विभिन्न शिवालय मन्दिरहरूमा आज धुमधामका साथ पूजाआजा भएको छ । गुप्तेश्वर गुफा, सृजनाचोकमा रहेको पशुपतिनाथ मन्दिर, केदारेश्वर महादेवमणिलगायतका शिव मन्दिरहरूमा शिवका भक्तजनहरूको भिड लागेको छ । 

आज साँझ चौतारीदेखि शिव मन्दिर भएका स्थलमा शिव ध्वनि लगाउने उखु खाने उखु पट्काउने चलन रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button