महाशिवरात्रि पर्व : प्रसिद्ध धार्मिक क्षेत्र बेहडाबाबामा पुष्प वर्षा
धनगढी । महाशिवरात्रि पर्वको अवसरमा प्रसिद्ध धार्मिक क्षेत्र बेहडाबावामा पुष्प वर्षा गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबावा मन्दिर परिसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको हो ।
महाशिवरात्रिका अवसरमा पहिलो पटक पुष्प वर्षा गरिएको बेहडावावा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले बताउनुभयो । उहाँले बेहडाबावा मन्दिर परिसरमा सवा दुई करोड दिप प्रज्वलन गरिने बताउनुभयो ।
बेहडावावा क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न तथा प्रचार प्रसारमा व्यापकता ल्याउन पुष्प वर्षा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बेहडाबावामा शिवरात्रिका दिन भव्य मेला लाग्दै आएको छ । मेला भर्न नेपाल र छिमेकी मूलक भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।
यसैबीच बेहडाबावा मन्दिरमा दर्शन तथा पुजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । भक्तजनको भिडभाडपछि मन्दिरका चारै ढोका खोलेर दर्शनको व्यवस्था गरिएको छ ।
यस्तै भक्तजनको चापलाई मध्यनजर गरि सुरक्षा व्यवस्था कडा पारिएको छ । बेडहाबावा मन्दिर परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
बेहडाबावा मन्दिर सम्म जान आउनका लागि सार्वजनिक यातायातको सुविधा समेत गरिएको छ । य
त्यसैगरी महाशिवरात्रिको अवसरमा शिवपुरी धाम धनगढी, गोदावरी धाम लगायतका क्षेत्रमा समेत श्रद्धालु भक्तजनहरूको भिडभाड रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्