महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९÷८० पेस भएको छ ।
बैठकमा सभापति किरणकुमार साहले महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
यसैगरी, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
यसअघि, बैठकको शुन्य समयमा सांसदहरूले सरकारलाई सुशासन, सामाजिक न्याय, आर्थिक विकास र देशको समृद्धिमा केन्द्रित भएर काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले जनताको विकास परिवर्तनको चाहना पुरा हुनेगरी काम गर्नु पर्ने, सरकारमा अनुहार मात्र परिवर्तन भएर नहुने, देशको अर्थतन्त्रको अवस्था सुधार गर्नु पर्ने, देश र जनतालाई केन्द्रमा राखेर काम पर्ने लगायतका विषयमा सुझाव दिनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्