मन्त्रिपरिषद् विस्तारको तयारी : आन्तरिक छलफलमा दलहरु

काठमाडौं । सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आ–आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने र आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।
आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी छ । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एक-एक जना नेताहरु सम्मिलित कार्यदल बनाइएको छ ।
कार्यदलले शीर्ष नेताहरुलाई सिफारिस गर्ने र आजै अन्तिम टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले र रास्वपासहितको गठबन्धन निर्माण गर्नुभएको छ । नयाँ गठबन्धनबाट एमाले, माओवादी र रास्पपाका एक–एक जना मन्त्रीले सोमबार सपथ ग्रहण गरिसक्नुभएको छ । उहाँहरुको मन्त्रालय भने अझै तोकिएको छैन ।







प्रतिक्रिया राख्नुहोस्