तपाईँ सुन्दै हुनुहुन्छः

झापा गोल्डकप सुरु, एपीएफ विजयी

झापा । झापाको बिर्तामोडमा आजदेखि छैटौँ झापा गोल्डकप सुरु भएको छ ।

विर्तामोड३ स्थित डोमालाल राजवंशी रङ्गशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)–ले विजयी सुरुआत गरेको छ । एपीएफले काठमाडौँको सङ्कटा क्लबलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । जीतसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत भोलि काठमाडौँको चर्च ब्वाइज र विभागीय टोली नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद १३ लाख पचास हजार तथा उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button