विदाई हुन लाग्नु भएका सांसदहरूको अनुभव आदानप्रदान

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा संवैधानिक व्यवस्था बमोजिम सभाको ६ वर्षे कार्यकाल पुरा गरी विदाई हुन लाग्नु भएका सांसदहरुले आफ्नो कार्यकालको अनुभव आदानप्रदान गर्नुभएको छ ।
यही फागुन २० गते कार्यकाल सकिएर विदाई हुन लाग्नु भएका सांसदहरुले आफ्ना धारणा राख्दै दलीय अन्तर्विरोध राष्ट्रिय सभामा ल्याउन नहुने, सङ्घीयता प्रवर्द्धकका रुपमा राष्ट्रिय सभालाई लिनुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अव्वल भएकाले यसको रक्षा गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसदहरु अनिता देवकोटा, भैरव सुन्दर श्रेष्ठ, जितेन्द्र नारायण देव, रमेश जङ्ग रायमाझी लगायतले आफ्नो धारणा राख्नुभयो । बैठक जारी छ ।







प्रतिक्रिया राख्नुहोस्