चितवनमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
चितवन । रत्ननगर नगरपालिका वडा नं–९, कृष्ण मन्दिरस्थित पूर्वपश्चिम सडक खण्डमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६९९६ नम्बरको ट्रकले पैदल यात्री हाल परिचय नखुलेको अन्दाजी ६० वर्षको पुरुष व्यक्तिलाई ठक्कर दिँदा गम्भीर घाइते भई भरतपुर अस्पताल लगिएकोमा आज बिहान १ः५० बजे डाक्टरले मृत घोषणा गरेको हो ।
ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्